सूचनाको शक्ति - The Power Of Information

        

पश्चिम राप्तीले सतर्कता पह पार गर्‍यो, रातिसम्मै सतर्कता अपनाउन आग्रह

दाङ ।  दाङस्थित पश्चिम राप्ती नदीको बगासोती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त जलाधार क्षेत्रमा वर्षा भइरहेकोले पानीको बहाव थप बढ्न सक्ने छ।

महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा रहनेहरुले सोमबार रातिसम्मै  उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सोमबार विहान परेको वर्षाले अधिकांश नदीमा बाढी आएको छ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १०:२५