सूचनाको शक्ति - The Power Of Information

        

वर्षाको कारण अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले काभ्रेको पुण्यमाता खोलामा आएको बाढीले बनेपा पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात संचालनसमेत अवरुद्ध भएको छ ।

पुण्यमाता खोला धनेश्वर पुलमाथिबाट बगेपछि यातायात अवरुद्ध भएको काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए । खत्रीका अनुसार पुल भन्दा करिब दुईसय मिटरमाथिबाट पानी बगेको छ ।

विहानैदेखि यातायात अवरुद्ध बनेको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव हेर्दा तत्काल बाढी कम हुने अवस्था रहेको खत्रीले बताए । उनले जेसिबी प्रयोग गरेर सवारीसाधन खोल्ने प्रयास भइरहेको जानकारी दिए ।

उक्त डुवानका कारण बनेपा–पनौती सडक अवरुद्ध भई यातायात ठप्प रहेको छ । बनेपाको पुलबजार र गोदामचोकाको धनेश्वर पुल आसपास वर्षेनी डुवानमा पर्दै आएको छ ।

मानव बस्तीले खोला साँगुरो पार्दै आएपछि डुवान हुन थालेको हो ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार ०९:३२