सूचनाको शक्ति - The Power Of Information

        

पहिरोले घर बगाउँदा हजुरआमा नातीको मृत्यु

रोल्पा । रोल्पामा गत राति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७७ वर्षीया गौरी थापा र उनका ५ वर्षीय नाती रहेको छन् । रोल्पा नगरपालिकाका नगर प्रमुख पुर्ण केसीले जानकारी दिए । नगर प्रमुख केसीका अनुसार पहिरोमा पुरिएर २ जना समान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण राना भन्छन्, ‘घटनास्थलमा हामी हिँडेर जाँदैछौँ, मृतक बालक र बेपत्ता वृद्धाको नाम खुल्न सकेको छैन, हामी घटना स्थलमा पुगेर थप विवरण दिनेछौँ ।’ घटनास्थलतर्फ प्रहरीको टोली खटाइएको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले रोल्पाले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार ०९:२०