सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा आज थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ९ जना डिस्चार्ज

संक्रमितको संख्या १८ हजार ४८

बाँके । बाँकेमा आइतवार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७२ नमुना परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा २ र कोहलपुर मेडिकल कलेजको प्रयोगशालामा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । बागेश्वरी ल्यावमा २२ वटा नमुना जाँच्दा सबै नेगेटिभ रिपोर्ट आएको थियो । संक्रमण पुष्टि भएका सबै बाँकेका हुन् ।

ती मध्ये कोहलपुर नगरपालिकाका ३, नेपालगञ्जका २ र बैजनाथ गाँउपालिकाका १ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ४८ पुगेको छ ।

यस्तै आइतवार थप ९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ४६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १०१ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १६ रहेको छ भने ४ जना भेन्टिलेटरमा छन् । २९ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतवार १६:५४