सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा यसपाली पनि कोरोनाका कारण रामलीला नगरिने

बाँके । नेपालगञ्जमा यस पाली पनि रामलीला सञ्चालन नगरिने भएको छ ।

प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्ज १३ स्थित रामलीला मैदानमा रामलीला मञ्चन गरिदै आइएपनि गतवर्षदेखि भौतिक रुपमा रामलीला गरिएको छैन ।

यसपाली विजयादशमी असोज २९ गते परेको छ । कोरोनाका कारण भेला, महोत्सवहरु गर्न नमील्ने भएका कारण यसपाली रामलीला मञ्चन नगरिने भएको हो ।

नेपालगञ्जको रामलीला महोत्सव १ सय ५४ औं वर्षमा प्रवेश गर्दैछ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई प्रतिकात्मक रुपमा भने केही कार्यक्रमहरु गरिने तयारी गरिएको छ ।

शनिवार बसेको रामलीला सञ्चालक समितिको बैठकले के कस्तो स्वरुपको कार्यक्रम गर्ने भन्ने बारे निक्र्यौल गर्न उपसमिति समेत निर्माण गरेकोे छ ।

सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कनोडीयाको अध्यक्षतामा बसेको वैठकले व्यापक परामर्श गरेपछि तयारी स्वरुप नन्दलाल वैश्यको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमिति मार्फत आएको सुझावका आधारमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

रामलीला सञ्चालन गर्न नसकिएपनि रामलीला मैदानमा अखण्ड रामायण पाठ, राम, सीतासहितको झाँकी प्रदर्शन लगायतका कार्यक्रम गर्ने बारेमा छलफल गरिएको अध्यक्ष कानोडियाले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतवार ०९:१२