सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

कविता : बुवा

Happy Father’s Day भनी नपोत भो फेसबुकको भित्ता
बरु देउ सहारा लाठ्ठी बनी बुवाको बुढेसकाल हुँदा
साँच्चै माया गर्छौ भने हेर बुवाको ती हातका ठेला
पहिले हेर सन्तान हुर्काउन गरेका गाउँबेसी र मेला ।।

नगर भो तिथि श्राद्ध बुवाको स्वर्गवास भएपछि
जिवितैमा माया गरी सेवा गर बुवा बृद्ध भएपछि
शित्तलता पाउँछन् सन्तानले वुवाआमा जिवित हुँदा
पहिला रुने बुवा नै हो सन्तानलाई चोट लाग्दा ।।

पहिलो भगवान बुवाआमा नै हुन् सन्तानको निम्ति
बुवाआमालाई सम्मान गर आफ्नो उन्नतीको लागि
पाउँदैनौं निस्वार्थ माया बुवाआमाको मृत्युपछि
जति सक्छौं लेउ त्यो माया बुवाआमालाई खुशी राखी ।।

सन्तानको लागि भनी सधैं दश नङ्ग्रा खिइएपछि
पाप लाग्छ हेला गरे थला पर्नु भएपछि
असल सन्तान हौं भने बरु देउ मायारुपी छहारी
बरु देउ लाउन खान जस्तो सक्छौ हासी खुशी ।।

नजुध भो दाजुभाई बुवाआमा पाल्नु पर्यो भनी
सधैं गर सेवा बुवाआमालाई भगवान मानी
यदि बुवाआमा बोझ लाग्छ भने नजन्माउ भो सन्तान पनि
होइन भने गर माया बुवाआमालाई असल सन्तान बनी ।।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतवार ०८:५३