काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या २२ करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा ६ लाख ५७ हजार ८९९ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या २२ करोड ५ लाख ९० हजार १२० पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८९ लाख ४२ हजार ३८१ छ । यसमध्ये १ लाख ५ हजार ९५० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ लाख १८ हजार ९०४ जना संक्रमण मुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ७० लाख ८१ हजार ५९० पुगेको छ ।
यस्तै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४५ लाख ६६ हजार १४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ७५२ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ६६ हजार १४९ पुगेको छ ।
खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।
बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ८२ हजार ४२२ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ५११ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ६४ हजार ९३४ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी ब्राजिलमा ५ लाख ८२ हजार ७५३ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ ।
दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् ।
भारतमा शनिबार बिहानसम्म ४ लाख ४० हजार २५६ संक्रमितको मृत्यु भएको छ ।
।