सूचनाको शक्ति - The Power Of Information

        

अवैध सुन

४ किलो सुनसहित २ पक्राउ, श्री एयरलाइन्सको जहाजबाट नेपालगन्ज

उनीहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ

बाँके । प्रहरीले अवैध सुनसहित बाँकेको नेपालगन्जबाट दुई जनालाई पक्राउ गरेको छ ।

श्री एयरलाइन्सको फ्लाइट नम्बर एसएचए ४३३ को जहाजबाट शुक्रबार नेपालगन्ज पुगेका झापाको खादुनावारी–६ का अमिर लगुन विश्वकर्मा र  मोरङको लेटाङका बुद्धिमान खातीलाई प्रहरीले ४ किलो २१.४९ ग्राम अवैध सुनसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्लेनबाट उनीहरु शुक्रबार दिउँसो २ बजेको समयमा नेपालगन्ज आएका थिए । उनीहरुलाई ३ बजे विमास्थलको आगमन कक्ष बाहिर संकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारेर खानतलासी गर्दा सुन भेटिएको थियो ।

अमिर लगुन विश्वकर्माले लगाएको दायाँ र बायाँ जुत्तामा सुनको २–२ वटा बिस्कुट र बुद्धिमान खातीले लगाएको जुत्ताको तलुवामा १–१ पिस बिस्कुट गरि जम्मा ६ थान बिस्कुट भेटिएको थियो ।

यस्तै बुद्धिमान खातीको झोलामा समेत थप सुन भेटिएपछि जम्मा ४ किलो २१.४९ ग्राम अवैध सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनीहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार ०९:५५