सूचनाको शक्ति - The Power Of Information

        

कैलालीमा विङ्गर र अटो एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु

कैलाली । कैलालीमा विङ्गर र अटो एक आपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबारराति ११ बजेको समयमा उक्त दुर्घटना भएको हो । कैलालीको गौरीगंगा नगरपालिका– ४ मा उक्त दुर्घटना भएको हो ।

म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो एक आपसमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी ७ जना घाइते भउकामा तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार ०९:४६