सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

उपाध्यक्षबाट राजीनामा दिँदै वामदेव गौतमद्वारा एमाले परित्याग

काठमाडौं । नेकपा एमालेमा असन्तुष्ट उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिएका छन् । गौतमले शुक्रबार पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएका हुन् । उनले उपाध्यक्ष पदसहित सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उपाध्यक्ष गौतमले राजीनामा पत्र बुझाएको पार्टी कार्यालय सचिव तामाङले पुष्टि गरे ।

एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए ।

अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले शुक्रवार सबै पदबाट राजीनामा दिएको उनका स्वकीय सचिव दीपक टमाटाले जानकारी दिए । उनी माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने चर्चा रहे पनि जाने वा नजाने भन्नेबारे खुलिसकेको छैन । सो पार्टीमा जानका लागि उनले जनताको बहुदलीय जनवाद (जबज) छाड्न नहुने शर्त राखिरहेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १९:११