काठमाडाैँ । तीजमा पशुपतिनाथको दर्शन गर्न पाइने भएको छ ।
कोरोना भाइरस महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा नियमित दर्शन एवं पूजा खुला गर्ने तयारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिरमा पूजा खुला गर्न सकिने जनाएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरी स्वास्थ्य मापदण्ड अपनाएर मन्दिरमा पूजाआजा गर्न सकिने जनाएको हो ।
कोषले पशुपतिमा नियमित पूजा सञ्चालन गर्नेबारे तयारी थालेको छ ।
।