बाँके । देशकै सबैभन्दा ठूलो गाउँपालिका बाँकेको राप्तीसोनारी गाउँपालिका टुक्रिएको छ । राप्तीसोनारी गाउँपालिका टुक्रिएसंगै बाँकेको राजनीतिक नक्शामा समेत हेरफेर भएको छ ।
हेरफेर भएको बाँकेको राजनीतिक विभाजनले अब बाँकेमा एक उपमहानगरपालिका, दुई नगरपालिका र ६ गाउँपालिका सहित ९ स्थानीय तह हुनेछ ।
यो राजनीतिक विभाजन भने आगामी स्थानीय तहको निर्वाचनमा हेरफेर हुनेछ । यसअघि नेपाल सरकारले २०७४ सालमै राप्तीसोनारी गाउँपालिकालाई दुईवटा टुक्रामा विभाजन गरेको थियो भने खजुरा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको थियो ।
तर, त्यसबखत निर्वाचन कार्यक्रम अघि बढिसकेकोले कार्यान्वयन भएको थिएन । राप्तीसोनारीलाई विभाजन गरेर राप्ती र सोनारी अलग–अलग भएकाछन् ।
नेपाल सरकारको राजपत्रमा संघीय मामिला तथा स्थानीय मामिला मन्त्रालयले गठन गरेको समितिले पेश गरेको प्रतिवेदनका आधारमा २०७४ जेठ २८ गते नेपालका विभिन्न जिल्लामा रहेका स्थानीय तहको नाम, संख्या, सीमाना तथा संख्या हेरफेर र स्तरोन्नती गरिएको उल्लेख छ ।
आगाी निर्वाचनमा चुनिएर आउने गाउँ सभा तथा नगरसभाले निणर्य गरेबमोजिम हुनेबाहेक हाललाई स्थानीय तह र वडाको सीमाना निर्धारण गरी थप, हेरफेर तथा स्तरोन्नती भएका इकाइहरुको केन्द्र निर्धाण गरिएको राजपत्रमा उल्लेख छ ।
जसअनुसार बाँकेको खजुरा गाउँपालिका अब नगरपालिका बनेको छ । साविकको बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर, रनियापुर गाविसहरु रहेका छन् ।
गाउँपालिकामा पनि यीनै गाविसहरु समावेश थिए । नगरपालिकाको क्षेत्रफल १०१.९१ वर्ग किलिोमटर छ भने जनसंख्या ५० हजार ९ सय ६१ रहेको छ ।
।