सूचनाको शक्ति - The Power Of Information

        

पशुपतिनाथको मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी

काठमाडौं ।  पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ ।

कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द भएको पशुपतिनाथको मन्दिर भदौ ५ गतेदेखि खुला गर्ने तयारी भएको हो ।

पशुपति क्षेत्र विकास कोषका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्ध सरोकारवालासँग परामर्शका लागि बोलाएको छ ।

वैशाख १६ गतेदेखि पाँच महिना बढी यी मन्दिर नित्य पूजाका लागि बाहेक सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार ०७:४०