सूचनाको शक्ति - The Power Of Information

        

राप्रपा केन्द्रीय सदस्यको निधन

दाङ । राप्रपा केन्द्रीय सदस्य तिलकराम शर्मा मजगैयाको निधन भएको छ ।

दाङको घोराही ७ सौडियार बेलहरि निबासी ६७ बर्षिय मजगैयाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो ।

कोभिडको  संक्रमणबाट बिरामी उनको केही दिन यता प्रतिष्ठानको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

मजगैयाको अस्पतालमा गएराति निधन भएको जेठो छोरा बिनोद शर्माले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार ०७:३६