सूचनाको शक्ति - The Power Of Information

        

पहिरोमा पुरिएर दम्पतीसहित पाँच जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

कास्की । कास्कीमा पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार बुधबार रातिदेखि परेको वर्षाले पहिरो जाँदा पोखरा–२० भलाममा ४ र पोखरा–११ काँहुमा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङको ज्यान गएको हो । तीन वर्षका छोरा बेपत्ता बेपत्ता छन् भने अर्का एक छोरा घाइते छन् ।

यसैगरी पोखरा(२० भलामकै मुलाबारी देउरालीमा पहिरोले घर भत्किएर २९ वर्षीया विष्णु सार्की र उनका ८ वर्षका छोरा सुजनको पनि मृत्यु भएको प्रवक्ता हमालले जानकारी दिए ।

त्यस्तै पोखरा-११ नमूनाटोलमा पहिरोले घर पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको उपचारको क्रममा मृत्यु भएको डीएसपी हमालले बताए । त्यस्तै पहिरोले पुरिँदा अन्य ५ जना घाइते समेत भएका छन्

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १६:३२