काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको छ ।
सभापतिका आकांक्षीहरुले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलन गरी सभापतिमा एउटै उम्मेदवार अघि सार्ने प्रतिबद्धता व्यक्त गरे ।
यो समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइराला सभापतिको आकांक्षी छन्।
पछिल्ला दिनहरुमा लगातार छलफल भएपनि सहमति जुट्न नसकेपछि नेताहरुले सभापतिमा एउटै उम्मेदवार दिने प्रतिवद्धता जनाएका हुन् ।
।