सूचनाको शक्ति - The Power Of Information

        

पूर्वसचिव रेग्मीको निधन

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज बिहीवार बिहान ७१ वर्षको उमेरमा निधन भएको छ ।

केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित उहाँको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

लामो समयसम्म गृहसचिव रहनुभएका उहाँ एक कुशल प्रशासकका रूपमा चिनिनुहुन्छ । उहाँका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरू प्रकाशन, प्रसारण भएका छन् ।

उहाँकी श्रीमती र दुई छोरा हुनुहुन्छ । छोरा विदेशमा रहेकाले उहाँ स्वदेश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १६:१६