सूचनाको शक्ति - The Power Of Information

        

बाँके प्रहरीद्धारा एक लाख बढिको अबैध सामान बरामद

बाँके । भन्सार छलि ल्याइएको अबैध सामान बाँके प्रहरीले बरामद गरेकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१६ जैसपुरमा बेवारिसे अवस्थामा राखिएको विभिन्न किसिमका कपडा, मोटरसाईकलको पार्टपुर्जा प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार भारतबाट भन्सार छलि ठूलो मात्रामा विभिन्न किसिमका सामान नेपाल भित्रिरहेको खबर पाएसंगै जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले अन्दाजी एक लाख ४८ हजार ६९० रुपैयाँको समान बरामद गरेको छ ।

बरामद गरेको सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको प्रहरीले बताएकोछ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १८:२०