सूचनाको शक्ति - The Power Of Information

        

आज पनि काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुने धेरै

काठमाडौं । आज बुधवार पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३० जना कोरोना सङ्क्रमणमुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज निकाे हुनेसहित अहिलेसम्म काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या सात लाख १९ हजार तीन सय ३६ पुगेकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार नौ सय ३५ जनाको नमुना परीक्षण गर्दा दुई हजार ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासहित नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या आठ लाख ४८ हजार दुई सय चार पुगेकाे छ ।

यही अवधिमा थप २० जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात ७० पुगेको छ ।

नेपालमा अहिले ३४ हजार एक सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये पाँच सय ६३ जनाकाे आईसीयूमा र एक सय ७० जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १८:१०