सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश १ का १० एमाले सांसद एकीकृत समाजवादीमा

विराटनगर । प्रदेश १ का नेकपा एमालेका १० जना सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । बुधबार ७ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरे ।

उनीहरूमध्ये तीन जना उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राईले सनाखत गर्न बाँकी छ । राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरिसकेका छन् । उनीहरुले बुधबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका हुन् ।

सांसद राजेन्द्र राईले एकीकृत समाजवादी १० जनाले रोजेको जानकारी दिए । यससँगै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा परेपछि उनले विश्वासको मत लिनुपर्नेछ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १४:४९