सूचनाको शक्ति - The Power Of Information

        

माओवादी अध्यक्ष प्रचण्डद्वारा खनालको स्वास्थ्य स्थितिबारे जानकारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

भारतमा मृगौला प्रत्यारोपण गरी फर्किएका वरिष्ठ नेता खनाललाई भेट्न बुधबार बिहान अध्यक्ष प्रचण्ड डल्लुस्थित खनाल निवास पुगेका थिए ।

भेटमा अध्यक्ष प्रचण्डले खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका थिए । खनाल मृगौला प्रत्यारोपण गरी भारतबाट सोमबार स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १०:१८