सूचनाको शक्ति - The Power Of Information

        

बागमतीका सामाजिक विकास मन्त्रीद्वारा दिए राजीनामा

मकवानपुर । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण खनालले पदबाट दिएका छन् । एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका खनालले आज पदबाट राजीनामा दिएका हुन् ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन खनाल मन्त्री नियुक्त भएका थिए । हिजो उनले औपचारिक रुपमा बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित समाजवादी पार्टी रोज्दै सनाखत गरेका थिए ।

आफूले अर्कै दल रोजेकाले सरकारलाई काम गर्न सजिलो होस् भनेर आफूले राजीनामा दिएको उनले बताए । उनले केहीबेरमा मुख्यमन्त्री शाक्यलाई राजीनामा बुझाउन लागेको बताए । बागमती प्रदेशमा एमालेका १२ जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । एमालेका ५६ मध्ये १२ सांसदले अर्कै दल रोजेपछि एमालेको प्रदेश सरकार अल्पमतमा परेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार ०९:२२