सूचनाको शक्ति - The Power Of Information

        

तिलगंगा आँखा प्रतिष्ठानमा आजदेखि विस्तारित सेवा सुरु

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले आजदेखि विस्तारित सेवा प्रारम्भ गर्ने भएको छ।

सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र सहजरूपमा सेवा प्रदान गर्न हाल बिहान ८ देखि दिउँसो साढे ३ बजेसम्म सेवा प्रदान गरिरहेको प्रतिष्ठानले आजदेखि साँझ साढे ६ बजेसम्म आँखा सेवा स्वास्थ्य प्रदान गर्ने भएको हो।

कार्यालय समयभित्र आँखा उपचारका लागि समय मिलाउन अप्ठ्यारो भएका र व्यस्तताका कारणले बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्नेहरुलाई मध्यनजर गर्दै विस्तारित सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ।

अबदेखि नियमित सेवा र प्रिमियम सेवा लिन चाहने सेवाग्राहीहरुले बिहान ८ देखि दिउँसो २ बजेसम्म नाम र विस्तारित सेवा लिन चाहने सेवाग्राहीले दिउँसो ३ देखि साँझ ६ बजेसम्म नाम दर्ता गरी सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानमा विस्तारित सेवा तथा प्रिमियम सेवामा साधारण आँखा समस्यालगायत आँखाका विभिन्न विधामा उपचार सेवा उपलब्ध हुनेछ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार ०७:५९