सूचनाको शक्ति - The Power Of Information

        

भारतमा ४३ हजार ७२ नयाँ संक्रमित थपिए, ४६२ जनाको मृत्यु

एजेन्सी । भारतमा थप ४३ हजार ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २८ लाख १० हजार ८९२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८५ हजार ५१६ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ४६२ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५४ पुगेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार ०७:४७