सूचनाको शक्ति - The Power Of Information

        

समाचार

वैदेशिक रोजगारी : एक वर्षमा १२४२ को ज्यान गयो, मोरङका धेरै

काठमाडौं । वैदेशिक रोजगारीमा गएकामध्ये गएको वर्ष सबैभन्दा धेरै मोरङका युवाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार आर्थिक वर्ष २०७७÷७८ मात्रै मोरङका ५८ जनाले विदेशमै ज्यान गुमाएका छन् । मोरङपछि ज्यान गुमाउनेको सङ्ख्या सिराहा र धनुषाको धेरै छ ।

सिराहाका ५७ र धनुषाका पनि ५७ जनाको नै गएको वर्ष वैदेशिक रोजगारीको क्रममा ज्यान गएको छ । यस्तै महोत्तरीका ५५ जनाको, झापाका ५३ जनाको, स्याङ्जाका ४४ जनाको, सप्तरीका ४४ जनाको, सुनसरीका ४४ जनाको, नवलपरासी पश्चिमका ४० जनाको विदेशमा ज्यान गएको छ ।

गएको वर्ष ६७ जिल्लाका १२ सय ४२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै साउदीमा छ । साउदी अरबमा मात्रै ३६२ जना नेपाली श्रमिकले रोजगारीकै क्रममा ज्यान गुमाएका छन् । साउदीपछि कतारमा २३९ जना र मलेसियामा २८० जनाको ज्यान गएको बोर्डले जनाएको छ ।

ज्यान गुमाउनेको सङ्ख्या कुन जिल्लामा कति ?

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १९:१८