सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

नेपालमा साढे ४४ लाखभन्दा धेरैले लगाए कोरोनाको पूर्ण खोप

फाइल तस्वीर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८५ हजार १२८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिले प्रदेश १ र २ मा कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राका रूपमा एस्ट्राजेनेका खोप दिइरहेको र सुदूरपश्चिम प्रदेशमा भेरोसेल खोप लगाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म ४४ लाख ५९ हजार ७६१ जनाले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै ५३ लाख ३९ हजार २५२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । नेपालमा गएको माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा.झलक शर्मा गौतमले जानकारी दिए । पछिल्लो पटक गएको शुक्रवार बेलायतबाट एक लाख ३० हजार मात्रा एस्ट्राजेनेका खोप प्राप्त भएको उनले बताए । अहिले मौज्दात रहेको झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान पनि चलिरहेको शर्माले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १९:०१