सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला कामहरू बिग्रने तथा मनमुटाब पैदा हुनसक्छ । समय मध्यम रहेकोले परिबन्धमा परिने तथा झगडा हुने अधिक सम्भावना रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढ्नमा ध्यान जाने छैन भने विभिन्न अवसर आए पनि निर्णय क्षमताको अभावले अरूभन्दा पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । काम गर्दा विशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । नयाँ काम पाउने तथा नोकरीका बढोत्तरीको गतिलो योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समुदायको हक हितको निम्ति काम गर्ने अवसर आए पनि असजिला परिस्थितिहरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजाँदा सफलता हात पार्न मुस्किल रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आउने ठाउँबाट रुपैयाँ पैसा नआउनाले बनाएका योजनाहरू थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरू हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साइड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपानमा विशेष ध्यान दिनुहोला, पेट सम्बन्धी समस्या आउन सक्छ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाब सिर्जन हुने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  घरजग्गा तथा सवारी साधनको व्यापार व्यवसायबाट सन्तोषजनक नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।  पढाइ लेखाइमा मनजाने हुनाले अरूलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार ०७:१०