सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन कुमार थापाले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच थापाले महामन्त्रीमा उठ्ने घोषणा गरेका हुन् ।

‘हामी १४ औं महाधिवेशनको प्रारम्भमा छौं,’ थापाले भने, ‘मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार १४:२७