काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ ।
आज सोमबार (भदौ १४ गते) कृष्णजन्माष्टमी परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द भएको हो । अब बजार मंगलबार बिहान ११ बजे खुल्नेछ ।
यसअघि आइतबार नेप्से सूचक ४९.१८ अंकले घटेर ३ हजार ४४.८६ बिन्दुमा अडिएको छ । जसमा १५ अर्ब ६५ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
।