सूचनाको शक्ति - The Power Of Information

        

नागढुङ्गामा फेरि पहिरो, सडक खण्ड दुुईतर्फी नै बन्द

काठमाडौं । लगातारको वर्षाका कारण पहिरो खस्दा काठमाण्डाैसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड फेरि ठप्प भएको छ ।

अघि बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ ।

सडक बन्द हुँदा काठमाण्डौ आउँदै गरेका रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका छन् ।

हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसाे १ बजेदेखि सडक खुलाइएको थियो । काठमाण्डौसँगको मुख्य नाका भएकाले यो सडक खण्ड भएर दैनिक हजारौँ यात्रुु ओहोरदोहोर गर्दछन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ०९:०५