सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले अवरुद्ध भएका १४ ठाउँमा सञ्चालनका लागि तीव्र रूपमा प्रयास भइरहेको जानकारी दिए ।
महानिर्देशक थापाले के कति कारणले अवरुद्ध भएको हो, सोको आधारमा सडक सञ्चालनमा ल्याउने समय लाग्ने गरेको जानकारी दिए । सामान्य पहिरो गई अवरुद्ध भएका सडक छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको छ ।
सडक विभागले मुलुकभरका लोडर, एस्काभेटर, डोजर, ट्रान्सपोर्ट ट्रक, क्रेन, क्रेनट्रक, ट्रकलगायतका २०५ वटा हेभी इक्विपमेन्टमार्फत राजमार्ग र सडकको अवरोध हटाउने काम गरिरहेको महानिर्देशक थापाले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
।