सूचनाको शक्ति - The Power Of Information

        

पिएसजीमा मेस्सीको डेब्यु, एम्बाप्पेको दुई गोल

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पिएसजीले राइम्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । याे सिजनमा बार्सिलोनाबाट पिएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका हुन् ।

मेस्सीले वैकल्पिक खेलाडीको रुपमा ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवश गरेका हुन। यसअघि मेस्सी कोपा अमेरिकाको उपाधि जितेपछि मैदान बाहिर रहँदै आएका थिए ।

मेस्सीको डेब्यु खेलमा पिएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए । खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदूपयोग गर्दै एम्बाप्पेले पिएसजीलाई अग्रता दिलाएका थिए ।

६३ औँ मिनेटमा हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरेका थिए । जितसहित पिएसजीले चार खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । राइम्स ३ अंकसहित रेलिगेशन जोन नजिक छ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ०७:३७