सूचनाको शक्ति - The Power Of Information

        

गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित बुडखोरीका धामी

बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका – ७ बुडखोरिका एक कृषक बन्दा खेती बाट मनग्य आम्दानी गदै आएका छन् ।

छबिसपाथिभेरा – ७ बुडखोरिका गोरख धामीले बन्दा खेती बाट गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित भएका छन् ।

जडिबुटी तथा कृषि ब्यबसायी गोरख धामिले तरकारीखेतीले उनलाई गाउँमै सबै भन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनाएको छ । केहि बर्ष पहिले खेतमा अरु किसानझै खेतबारीमा परम्परागत तरिकाले धान, गहुँ लगायतका अन्नबाली लगाउने गर्नुभएको थियो ।

त्यसले परिवारको खर्च धान्नसमेत मुस्किल भएपछि अहिले उहाँले बन्दा खेती गरीरहनुभएको छ । पहिले कृषि ज्ञान केन्द्र बझाङ्गले धामिलाई एक सय पाकेट बन्दा निशुल्क बितरण गरेको थियो ।

अहिले धामीले ३० रोपनी जग्गामा बन्दा खेती गरीरहनु भएको छ भने अरुलाई समेत रोजगारी दिरहनुभएको छ । अहिले पनि धामीको बारी बाट ताजा बन्दा गोभी नजिकैको होटल र अन्य ठाउँमा समेत जाने गरेको धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अब केहि दिनमै १ सय क्विन्टल बन्दा स्थानिय बजारहरुमा १ महिनामा नै आउने र बन्दा खेतीबाट ४ देखि ५ लाख सम्म आम्दानी गर्ने लक्ष्य रहेको छ । हाल त्यहि अनुसारको बेचिराखेको छु ।

अब यो क्षेत्रमा लागी सके राम्रै गरौला भन्ने लागि राखेको छ ।’ या भन्दा अगाडी कृषि ज्ञान केन्द्रबाट प्रोत्साहन पाएपछि तरकारी खेतीमा थप उत्साह आएकाकाले अरुले तरकारी लगाउन सुरु गर्दा आफुले तरकारी बेच्न शुरु गरेको धामीको भनाई छ ।

तरकारी ढुवानीका साधन नहुँदा र बजार नपाउदा विगतमा निकै सास्ती खेप्दै आएका कृषक धामीले अहिले कृषि ज्ञान केन्द्रले तरकारी खेतीमा लागेका किसानलाई तरकारी ढुवानी गर्न सहजता प्रदान गर्नका लागि निगालोका डोका खरिद गरेर डोकामा बन्दा र डोकालाई ट्याक्टरमा राखेर ढुवानीको व्यबस्था गरेपछि सहजता भएको धामीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर बिष्टले गाउँमा यसरी मेहनतका साथ धामी बन्दा खेती गर्नमा सक्रीय देखीएपछि खुसी लागेको बताउदै आउने दिनमा बन्दा संकलन गरी अन्य जिल्लामा पठाउने तयारी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तरकारीखेती गर्दै आएका किसानका समस्या बुझेर योजना बनाइ यान्त्रिकरण र आधुनिक तरिकाले तरकारीखेती गर्ने तरिका, सिकाइ सम्बन्धि किसानलाई अझै व्यावसायिक बनाउन तर्फ आफु लाग्ने र महिला किसानहरुलाई थप हौसलाका लागि अर्काे सिजनको बीउ समेत निशुल्क उपलब्ध गराईने प्रमुख बिष्टको भनाई छ ।

 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतवार २०:०४