सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन्।

मन्त्रिपरिषद्‌को आइतबारको बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

आर्थिक विषयमा चासो राख्ने उनी माओवादी केन्द्रका नेता हुन्।

यस्तै आयोगको सदस्यमा कपिलवस्तुका शिवपुजन यादव र गुल्मीका डा दामोदर भुसाल नियुक्त भएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए।

५ सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गर्ने उनले बताए।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतवार १९:५८