सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनाबाट बाँकेमा थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ३ सय २९

प्रतिकात्मक तस्वीर

बाँके । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–११ की ६० वर्षीया महिलाको उपचारका क्रममा भेरीमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उनलाई १० गते भेरीमा भर्ना गरिएको थियो । त्यसको भोलिपल्ट कोभिड पुष्टि भएको थियो ।

उनको उपचारका क्रममा आइतवार दिउँसो पौने एक बजेतिर मृत्यु भएको हो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २९ पुगेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतवार १९:४८