सूचनाको शक्ति - The Power Of Information

        

हँसिया र लट्ठी प्रहार गरेर पत्नीले गरिन् पतिको हत्या

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीले आफ्नै पति ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेकी छन् ।

शनिबार राति करिब २ बजे घरायसी विवाद हुँदा देवीकुमारीले खिमलाललाई हँसिया र बाँसको लट्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

देवीकुमारीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतवार १३:३३