काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेर पूर्वप्रधानमन्त्री झलनाथ खनाल झन्डै साढे २ महिनापछि स्वदेश फर्किदै छन् । गत असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका खनाल सोमबार दिउँसो काठमाडौं आइपुग्ने छन् ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनी भोलि दिउँसो स्वदेश फर्किन लागेका हुन् । खनालको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । सुरूमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो ।
खनाल दिल्ली जाने बेलामा नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको थियो । जाने दिन विज्ञप्ति जारी गर्दै खनालले पार्टी एकताका लागि आह्वान गरेपनि नयाँ दिल्लीबाटै उनले नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा राजदूतावासमार्फत् सनाखत गरेका थिए ।
।