काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ।
बिहान ११ बजेपछि बानेश्वरमा बस्ने बैठकले अध्यक्ष माधवकुमार नेपाललाई दलको नेता चयन गर्ने छ।
नेकपा एमालेबाट बिद्रोह गरि माधव नेपालले नेकपा एस गठन गरेका थिए।
उक्त पार्टीलाई गएको बुधबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको थियो। याे पार्टी सरकारमा जाने तयारी छ।
।