सूचनाको शक्ति - The Power Of Information

        

कोभिड नियन्त्रण प्रतिकार्यमा सहयोग गर्ने दातालाई भेरी अस्पतालद्वारा सम्मान

बाँके । कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामको कार्यमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न संघसस्था तथा ब्यक्तिहरुलाई सम्मान गरिएको छ ।

भेरी अस्पताल नेपालगन्जले कोरोना महामारीको बेलामा देश तथा विदेशमा रहेका नेपाली, विभिन्न संघसस्था र दातृ निकायले सहयोग गरेको भन्दै उनीहरुलाई सम्मान गरेको हो ।

अस्पतालले शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि ७८ जना संघसंस्था र व्यक्तिलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा कोरोना संक्रमितहरुको उपचार गर्नका लागि कोभिड वार्ड निर्माण गर्न, अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, नगद, स्वास्थ्य सामग्री र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपालगन्ज उपमहानगरपालिका उप–प्रमुख उमा थापामगर, बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी लगायतले दोसल्ला ओढाएर सम्मानपत्रकासाथ सम्मान गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतवार १०:११