सूचनाको शक्ति - The Power Of Information

        

नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनि प्रदेश कमिटी गठन

काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनि प्रदेश कमिटी गठन गरीएको छ ।

मुद्रण व्यवसायीलाई संस्थागत गर्न दाङमा आयोजित प्रदेश स्तरिय भेलाले कृष्ण पराजुलिको नेतृत्वमा कमिटी गठन गरेको हो । जसको सचिवमा बाँकेका सि.एम. उपाध्याय चयन भएका छन ।

सचिव उपाध्यायका अनुसार शुक्रबार सम्पन्न प्रदेश स्तरीय भेलाले १२ सदस्यीय तदर्थ समिति गठन गरेको हो । महासंघको उपाध्यक्षमा पुर्णलाल चुके, घनश्याम घिमिरे, सचिवमा सि.एम. उपाध्याय, कोषाध्यक्षमा गिरि राज आचार्य र सह-सचिवमा डिल्ली नारायण पाण्डे चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा गजेन्द्र बहादुर वलि, हरि प्रसाद ज्ञवाली, मेगराज सिग्देल, जगदिश भट्राई, गुमान प्रसाद पाण्डे र निर्मल आचार्यलाई चयन गरीएको सचिव उपाध्यायले जानकारी दिए ।

भेलामा बोल्ने ब्यवसायीहरुले मुद्रण व्यवसायी हक, हित र अधिकारकालागि महासंघ र त्यसमा आवद्ध पदाधिकारीहरुले संथागत पहल लिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतवार १०:०२