सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा पहिरोको वितण्डा

बझाङ । लगातारको वर्षाका कारण बझाङका विभिन्न ठाउँमा पहिरोले क्षति पु¥याएको छ ।

पहिरोका कारण केहि परिवार विस्थापित हुन पुगेका छन् । गयराति वित्थडचिर गाउँपालिका–६ मा दिलबहादुर धामीको ४ कोठे ३ तले घरको पछाडीबाट आएको पहिरोले घरमा क्षति गरेको छ ।

पहिरोले घरको पर्खाल भत्काउँदा घरभित्र रहेका भाँडाकुँडा र अन्नमा क्षति पु¥याएको छ । धामीको परिवार विस्तापित भएर अर्को घरमा सरेका छन् ।

पहिरो आएको थाहा पाएपछि मानविय र पशुचौपायाको भने क्षति नभएको धामीले बताउनुभयो । यस्तै पहिरोले केदारस्युँ गाउँपालिका वडा नम्बर ५ चौडेल्लीमा देवबहादुर गुधार्मीको घरमा पनि क्षति पु¥याएको छ ।

बाँझ ग्रामिण सडक भासिएर पहिरो गई भान्साकोठामा क्षति गर्नुका साथै घर नै जोखिममा रहेको छ । अहिले गुरुधार्मीको परिवार छिमेकीको घरमा बसिरहेको प्रहरीले जनाएको छ ।

सोही ठाउँकै करन धामीको घरको आँगन भत्किदा घर जोखीममा परेको जनाइएको छ । चौडेल्लीकै नरुवा धामी, जयभान धामी, जसुवा धामीको घरको छतमा पहिरो आएर घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बर्षाका कारण आएको पहिरोले सडक अवरुद्ध

लगातारको अबिरल बर्षाका कारण आएको पहिरोले बझाङको चैनपुर ताक्लाकोट सडकखण्ड अवरुद्ध बनेको छ । जयपुथ्वी नगरपालिका–११ कपडे पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

पहिरोले सडक अवरुद्ध भएपछि सुनिकोट, धमेना, रुपातोला, तलकोट, साईपाल तथा गाउँकै विभिन्न स्थानबाट चैनपुर आवतजावत गर्ने सवारीसाधनहरु बाटोमै रोकिएका छन् । अविरल वर्षाका कारण बझाङको जयपृथ्वी राजमार्ग र यसका शाखा सडकहरुमा बाढी पहिरो आउँदा अवरुद्ध बनेका छन् ।

गयरातिदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग अन्तर्गत नारु गौडा खोलामा आएको बाढीले गर्दा आज दिउँसो १२ बजेपछि मात्रैे सञ्चालनमा आएको छ ।

यस्तै बुंगल ४ झापामा पहिरो आउँदा बिजगडा–कफलसेरी ग्रामिण सडकखण्ड पूर्ण रुपमा अवरुद्ध छ ।

गयरातिदेखि पहिरो खसिरहेको कचाली खोलामा बेला–बेलामा खोल्दै अवरुद्ध हुँदै आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डियसपी रुपक खड्काले बताउनुभयो ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतवार ०८:३९