सूचनाको शक्ति - The Power Of Information

        

५२ संस्थाको नेतृत्वमा प्रधानमन्त्री, कुनैको २४ वर्षदेखि बैठक छैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देृवाले डेढ महिनादेखि १७ मन्त्रालयको भारी बोकिरहेका छन् ।

एक्लो व्यक्तिले सिंगो सिंहदरबारलाई काँध थाप्नुपर्दा मन्त्रालय अस्तव्यस्त बनेका छन् । प्रधानमन्त्रीको व्यस्तताले कतिपय नीनिगत निर्णय नै अड्किएका छन् ।

यो त मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा आइपरेको बोझ भयो । तर, गणतन्त्रका कार्यकारी प्रधानमन्त्रीले हिजोका आलंकारिक राजामहाराजाले झैं विभिन्न संस्थाको नेतृत्व ओगट्न छोडेका छैनन् ।

जब कि ती संस्था कति छन् स्वयं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग नै प्रष्ट हिसाब छैन, काम प्रगतिको हिसाब त टाढाको विषय ।

प्रधानमन्त्रीको कार्यालयमा हाल उपलब्ध सूचीअनुसार मन्त्रिपरिषद्सहित प्रधानमन्त्रीले ५२ निकायको नेतृत्व गरेका छन् । विभिन्न् परिषद्, विश्वविद्यालय, प्रतिष्ठा, कोष, आयोग, बोर्ड र समितिमा प्रधानमन्त्री अध्यक्ष, कुलपति वा संरक्षक छन् ।

यीमध्ये २८ निकायको अध्यक्षता गर्छन्, १५ निकायको कुलपति छन् भने नौ निकायमा प्रमुख संरक्षक वा संरक्षक छन् ।तर, प्रधानमन्त्रीले समय दिन नसक्दा केही संस्था वषौँदेखि बेवारिसे छन् ।

प्रधानमन्त्रीको अध्यक्षता रहने राष्ट्रिय जलस्रोत परिषद्को २४ वर्षयता एउटा पनि बैठक बसेको छैन । ०४९ मा गठन भएको परिषद्को तेस्रो बैठक ०५४ मा बसेको थियो ।

त्यसपछि परिषद् अस्तित्वमा छ , छैन ऊर्जा, जल स्रोत तथा सिचाँइ मन्त्रालयलाई नै थाहा छैन ।

नयाँ पत्रिका

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतवार ०८:१९