सूचनाको शक्ति - The Power Of Information

        

अफगान सङ्कट

काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपतिको चेतावनी

आवश्यक सतर्कता अपनाउन सुझाव

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानाको काबुल बिमानस्थलमा फेरी आतंककारी आक्रमण हनु सक्ने संकेत मिलेको बताएका छन् ।

अफगानिस्तानमा रहेका आफना सैनिक कमाण्डरले आक्रमण हुन सक्ने संकेत दिएको बाइडेनको भनाई छ । अफगानिस्तानमा उद्धार कार्य जारी राखेको अमेरिकाले सम्भावित आक्रमणलाई मध्यनजर गर्दै त्यहाँ अमेरिकी नागरिकहरुलाई सतर्क गराएको छ ।

केही दिनअघि काबुल बिमानस्थलमा इस्लामिक स्टेट आइएसले गरेको बिस्फोटमा १ सय ७० जनाको ज्यान गएको थियो । अमेरिकाले त्यसको बदलामा गत शुक्रबार आइएसको पकड क्षेत्र खुरासानमा ड्रोन हमला गर्दा आइएसका दुई उच्च तहका नेता मारिएको दाबी अमेरिकाले गरेको छ ।

अफगानिस्तानबाट बेलयती सेना आफनो अभियान पुरा गरि फर्किसकेको अवस्थामा अमेरिकी सेनाले भने अफगानिस्तान छोड्न चाहेका सर्वसाधारणको उद्धार कार्य जारी नै राखेको छ ।

तालीवानले यही अगष्ट ३१ तारीख सम्मको समय सीमाभित्र अमेरिकी सेना फिर्ता भइसक्नुपर्ने चेतावनी दिइसकेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतवार ०८:०८