सूचनाको शक्ति - The Power Of Information

        

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दैलेख । जिल्लाको नौमुले गाउँपालिका–१ को तामेस्थित सेते भिर भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको तिरुंगा नगरपालिका गाईघाटका अन्दाजी ४३ वर्षीय नारायणप्रसाद पोखरेलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमूख डिएसपी अनुपम श्रेष्ठका अनुसार दैलेख बजारदेखि नौमुले जाँदै गरेको बा७५प ५८४ नम्बरको मोटर साइकलमा सवार पोख्ररेलको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको हो ।

नौमुले गाउँपालिका–३ मा रेडक्रस दैलेखमार्फत सञ्चालित सफा खानेपानी तथा सरसफाइ परियोजनाको फिल्ड सुपरभाइजरमा कार्यरत पोखरेलको शनिबार दिउँसो करिब १ बजेतिर दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकबाट करिब १०० देखि १५० मिटर तल खसेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार १६:०३