सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रीपरिषद् बिस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबिच छलफल

काठमाडौं । मन्त्रीपरिषद बिस्तारबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भएको छ ।

उनीहरुबिच शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । सरकार बिस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

सरकारलाई जति सक्दो चाँडो पूर्णता दिने तयारी रहेको छ ।

माधककुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने निर्णय गरेसँगै सरकार बिस्तारले अब चाँडै हुने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार १५:३४