सूचनाको शक्ति - The Power Of Information

        

गाई मारेको आरोपमा एक जना पक्राउ

बझाङ । गाई मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको खप्तडछान्ना गाँउपालिका वडा नं ५ का २८ वर्षीय जनक आग्री रहेका छन ।

गाई मारेको सुराक पाएपछि अस्थायी प्रहरी पोष्ट पाटादेवल र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आग्रीले खप्तडछान्ना गाउँपालिका–६ राजकोटका बल बहादुर सार्कीको गोठबाट गाई चोरेर लगेका थिए ।

ब्याउने गाई बाटोमा हिडन नसके पछि वडा नं ५ को छात्राबस्टीमा नजिकै रहेको पुलमा चिर्पटले हिर्काएर मारेको प्रहरीको प्रारम्भीक अनुसन्धान बाट खुलेको छ ।

पक्राउ परेका आग्री माथि भदौ ८ गते गाईचोरी गरि हत्या गरेको अभियोगमा भदौ ११ गते मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताउनुभयो ।

पक्राउ परेका आग्री माथी को अभियोग प्रमाणित भएमा चोरी गरेको आरोपमा २ देखि ७ बर्ष कैदा वा २० देखि ७० हजार जरिवाना र हत्या अभियोगमा ३ बर्ष कैद सजाय हुने छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार १४:५३