सूचनाको शक्ति - The Power Of Information

        

जानकी गाँउपालिका अध्यक्ष रामनिवास यादवको मृत्यु

बाँके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको गएराती मृत्यु भएको छ । गएराती एक्कासी बिरामी भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल लगिएको यादवको राती एक बजे मृत्यु भएको थियो । अध्यक्ष यादवको शवलाई विहानै घर लगिएको र आजै दाहसंस्कार गरिने पनि पारिवारिक स्रोतले जनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादवले एमालेबाट जानकी गाँउपालिकाको अध्यक्षमा चुनाव जितेका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार ०९:१३