बझाङ । बझाङका स्थानीय तहहरुमा हरेक बर्ष बेरुजु रकम बढदै गएको छ ।
महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार विगतका आर्थिक बर्ष भन्दा पछिल्ला आर्थिक बर्षमा बेरुजु बढ्दो क्रममा रहेको छ ।
महालेखा परिक्षक कार्यालयले सार्वजनिक गरेको ५८ बार्षिक प्रतिवेदन अनुसार बझाङका १२ स्थानिय तहको ३३ करोड भन्दा बढी बेरुजु देखिएको छ ।
महालेखा परिक्षकको बार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा ३३ करोड ३६ लाख ५० हजार रुपैयाँ बेरुजु देखिएको छ ।
गत आर्थिक वर्ष २०७६÷७७ मा ४६ करोड ७९ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको बझाङका केहि स्थानिय तहमा र्आार्थक बर्ष २०७७÷७८ मा बेरुजु रकम घटेको छ भने केहिमा बढेको छ ।
महालेखा परिक्षकको कार्यालयलले सार्वजनिक गरेको ५८ औँ बार्षिक प्रतिवेदन अनुसार बझाङका १२ वटा स्थानीय तहहरु मध्ये सबै भन्दा बढी बेरुजु साईपाल गाउँपालिकामा र सबै भन्दा कम बेरुजु दुर्गाथली गाँउपालिकामा देखिएको छ ।
सबै भन्दा बढी बेरुजु देखिएको साईपाल गाँउपलिकामा ३८ करोड ९८ लाख ८ हजार लेखापरिक्षण रकम मध्ये १० दशमलव ३९ प्रतिशत अर्थात ४ करोड ५ लाख १६ हजार बेरुजु देखिएको छ ।
त्यस्तै सबै भन्दा कम बेरुजु देखिएको दुर्गाथली गाँउपालिकामा ७५ करोड १३ लाख २७ हजार रकमको लेखापरिक्षण भएकोमा ० दशमलव ७४ प्रतिशत अर्थात ५५ लाख ९१ हजार बेरुजु देखिएको छ ।
बुङगल नगरपालिकामा १ अर्ब ३८ करोड ३१ लाख ८५ हजार लेखापरिक्षण गरिएको रकम मध्ये ५ करोड ९४ लाख ९ हजार अर्थात ४ दशमलव ३० प्रतिशत र जयपृथ्वी नगरपालिकामा १ अर्ब २५ करोड २९ लाख ३६ हजार लेखापरिक्षण रकम मध्ये ७ करोड २८ लाख ४१ हजार अर्थात ५ दशमलव ८१ प्रतिशत बेरुजु देखिएको छ ।
दुर्गाथली गाँउपालिकामा ७५ करोड १३ लाख २७ हजार लेखापरिक्षण गरिएको र जसमध्ये ५५ लाख ९१ हजार अर्थात ० दशमलव ७४ प्रतिशत वेरुजु देखिएको छ ।
विथ्डचिर गाँउपालिकामा ८९ करोड ९४ लाख ९६ हजार मध्ये ४ करोड ८९ लाख ५५ हजार अर्थात ५ दशमलव ४४ प्रतिशत, थलारा गाँउपालिकामा ९२ करोड ४४ लाख ३९ हजार मध्ये १ करोड ४४ लाख ७६ हजार अर्थात १ दशमलव ९४ प्रतिशत, छविसपाथीभेरा गाँउपालिकामा ९७ करोड १७ हजार लेखापरिक्षण रकम मध्ये २ करोड ४८ लाख ८ हजार अर्थात २ दशमलव ५६ प्रतिशत रकम बेरुजु देखिएको हो ।
खप्तडछान्ना गाँउपालिकामा ४ करोड ५ लाख १६ हजार बेरुजु रहेको छ । कुल लेखापरिक्षण गरिएको ८३ करोड ५२ लाख ७० हजारमा बेरुजु आएको रकम ४ दशमलव ८८ प्रतिशत हो ।
तल्कोट गाँउपालिकामा १ करोड ९२ लाख ५ हजार बेरुजु आएको छ । लेखापरिक्षण गरिएको ७८ करोड २३ लाख ८८ हजारको २ दशमलव ४५ प्रतिशत हो ।
सुर्मा गाँउपालिकामा ५१ करोड ७३ लाख ९३ हजार मध्ये १ दशमलव ०२ प्रतिशत अर्थात ५२ लाख ५९ हजार बेरुजु देखिएको छ ।
मष्टा गाँउपालिकामा ८१ करोड ९० लाख ३३ हजारको लेखापरिक्षण गरिएकोमा ४ दशमलव २२ प्रतिशत अर्थात ३ करो८ ४५ लाख ७९ हजार बेरुजु आएको छ ।
अघिल्लो आर्थिक बर्षमा जिल्लाको सबै भन्दा कम बेरुजु भएको केदारस्युँ गााउपालिकालाई यस बर्षमा दुर्गाथली गाँउपालिकाले उछिनेको छ ।
बेरुजु शुन्यमा झार्ने लक्ष्य लिएको गाँउपालिकाले यस बर्ष पनि बेरुजु रकम घटाएको छ । गत आर्थिक बर्षमा ० दशमलव ९९ प्रतिशत बेरुजु भएको केदारस्युँको १ अर्व ३ करोड ६० लाख ७२ हजारको लेखापरिक्षण भएकोमा ७९ लाख ३१ हजार अर्थात ० दशमलव ७७ प्रतिशत बेरुजु आएको छ ।
।