सूचनाको शक्ति - The Power Of Information

        

विश्वमा थप ७ लाख ३ हजारमा कोरोना, कुल संक्रमित कति ?

एजेन्सी । विश्वमा कोरोना संक्रमणबाट मुक्त हुनेभन्दा संक्रमण हुने दर बढेको छ ।

बितेको २४ घण्टाको तथ्यांक हेर्दा ७ लाख ३ हजार १६ जनामा नयाँ संक्रमण देखिएको छ । सोही अवधिमा ५ लाख ७७ हजार ९४१ जनाले कोरोनालाई जितेका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या २१ करोड ५४ लाख २४ हजार ३८४ पुगेको छ ।

अहिलेसम्म ४४ लाख ४७ हजार २५७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र १० हजार ६४५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार ०७:४०