सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा बिहीवार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १५ डिस्चार्ज

कुल संक्रमितको संख्या १७ हजार ९ सय ६७

बाँके । बाँकेका विभिन्न प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीवार ५१ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

बाँकेका तीनवटा प्रयोगशालामा २ सय १८ नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरस फेला परेको हो ।

भेरी अस्पतालमा ४०, मेडिकल कलेज कोहलपुरमा ९ जना र बागेश्वरी प्रयोगशालामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

बिहीवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३५ जना छन् । कोहलपुरका २५, नेपालगञ्जका ८, डुडुवा र खजुरा गाउँपालिकाका १–१ जना रहेका छन् ।

योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ९ सय ६७ पुगेको छ । यस्तै बिहीवार १५ जना डिस्चार्ज भएका छ्न । योसंगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय पुगेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १७:१५